Rule 8
उजुरी सहितको मिसिल पठाउने

(१) ऐनको दफा ४ को उपदफा (४) वा (५) बमोजिम झिकाउँदा पीडक उपस्थित नभएमा, पीडकलाई उपस्थित गराउन नसकिएमा वा पीडित र पीडक बीच मेलमिलाप हुन नसकेमा स्थानीय निकाय वा प्रहरी कार्यालयले ऐनको दफा ४ को उपदफा (११) बमोजिमको म्यादभित्र सोही व्यहोरा उल्लेख गरीे अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित अदालत समक्ष उजुरी सहितको मिसिल पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उजुरी सहितको मिसिल प्राप्त भएमा अदालतले सो उजुरी उपर आवश्यक कारबाही र किनारा गरी सोको जानकारी त्यसरी उजुरी पठाउने स्थानीय निकाय वा प्रहरी कार्यालयमा दिनु पर्नेछ ।